arrow

घुससहित पक्राउ परे औषधि विभागका अधिकृत सुवेदी

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
corruption.jpg

मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । 

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको  ‘स्टिङ अपरेसन’बाट पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ