arrow

चरेशसहित होटल व्यवसायी ठेकरे पक्राउ 

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
chares1.jpg

दार्चुला । प्रहरीले लागु औषध चरेश सहित दार्चुलाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउँपालिका—१ इयरकोट बस्ने २५ वर्षीय मदन सिंह ठेकरे रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिए ।ठेकरे बंगाबगडमा होटल व्यवसाय गरिरहेका थिए ।

प्रहरीलाई शंका लागेपछि उक्त होटलमा छापा मार्दा उनको साथबाट ५२ दशमलव ७ ग्राम चरेश बरामद गरिएको उनले बताए । 

उनलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ