arrow

कांग्रेस नेता नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
nabindra-raj-joshi-mp-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया गरिएको छ । उनलाई मस्तिष्कमा समस्या देखिएपछि बिहीबार राति नर्भिक अस्पताल भर्ना गरिएको थियो । 

मस्तिष्कमा पानी जमेपछि उनको शुक्रबार बिहान शल्यक्रियासमेत भएको नेपाल विद्यार्थी संघका नेता यूपी लामिछानेले जानकारी दिए ।

उनले शल्यक्रियापछि ‘अब्जरभेसन’ मा रहेको समेत बताएका छन् । अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको नर्भिक अस्पताल थापाथलीमा भीड बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ