arrow

‘आधा भाले, आधा पोथी’

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
bhale-pothi-chara.jpg

काठमाडौं । अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्वीर खिचेका छन् । उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्वीर लिएको बीबीसीले लेखेको छ । 

अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले बीबीसीलाई भने, ‘यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो।’ 

उनलाई शुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन। तर मोबाइलमा तस्वीरहरु हेरेपछि उनले उक्त चरालाई ‘बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम’  भएको हुन सक्ने आशङ्का गरेका थिए ।

बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन् ।

द्विलिङ्गी वा उभयलिङ्गी चराहरु दुर्लभ हुन्छन् । भाले कार्डिनलहरु चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरु फिक्का खैरो रङ्गका हुन्छन् ।

यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ