arrow

अमेरिकी राष्ट्रपति जो बाइडेन र साउदी राजा सलमानबीच फोन वार्ता

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
biden-salman-saudi.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी राजा सलमानसँग फोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले अमेरिकाले विश्वव्यापी मानवअधिकार र कानुनका विषयमा केन्द्रित रहने कुरा अघि सारेका छन् ।

यस्तै दुवै पक्षबीच बहुपक्षीय सम्बन्धलाई अझै बलियो र पारदर्शी बनाउने विषयमा कुराकानी भएको छ । ऐतिहासिक सम्बन्धलाई ध्यान दिँदै दुवै देशको हित र चुनौतीका क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने कुरा समेत भएको ह्वाइट हाउसद्वारी जारी विज्ञप्तीमा उल्लेख छ ।

अमेरिकाले सार्वजनिक गर्ने भएको पत्रकार जमल खसोग्गीको हत्याको प्रतिवेदनका विषयमा पनि कुराकानी भएको छ । छिट्टै नै सार्वजनिक हुने भनिएको उक्त रिपोर्टमा राजा सलमानका छोरा क्राउन प्रिन्स मोह्मद बिन सलमान पनि संलग्न देखिने बताइएको छ ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा साउदी र अमेरिकाबीच घनिष्ठ सम्बन्ध रहेको मानिन्छ । ट्रम्प प्रशासनले सार्वजनिक गर्न अस्वीकार गरेको रिपोर्ट बाइडेन प्रशासनले सार्वजनिक गर्न लागेको हो ।

सन् २०१८ मा इस्तानबुल स्थित साउदीको राजदुतावासमा पत्रकार जमल खसोग्गीको हत्या भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ