arrow

शुक्रवार पनि घट्यो सुनको भाउ

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
gold-pure2.jpeg

काठमाडौँ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ ।  

छापावाला सुन शुक्रवार तोलामा रु ८८ हजार ८००  मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।  छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोबार भएको थियो ।
 
यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोबार भएको थियो ।

यसै गरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोबार भएको चाँदी शुक्रवार भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ