arrow

राजनीतिक घटनाक्रम बारेमा देउवा-ठाकुरबीच छलफल, तत्काल रिजर्भ बस्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
deuba-thakur.jpg

काठमाडौँ। पछिल्लो राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरेका छन्। नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्नु अघि बिहीबार दिउँसो देउवाले ठाकुरसँग कुराकानी गरेको ठाकुर निकट तथा जसपाका नेता डा.सुरेन्द्रले बताए। उनका अनुसार कुराकानीमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको थियो। दुवै पार्टीले नेकपाको विवादमा तत्काल रिजर्भमा बस्ने निर्णय गरेका छन्।

देउवासँग छलफल गर्नु अघि बिहीबार बिहान नेकपा पार्टी कार्यालय पेरिस डाँडामा ठाकुरले नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) खेमाका  पुष्पकमल दाहाल र माधव नेपालसँग कुराकानी गरेको थिए। उक्त वार्तामा जसपाका नेताहरूले नयाँ समीकरणको बारेमा छलफल गर्नु अघि ‘तपाईँहरूले आफ्नो कित्ता प्रस्ट पार्नुहोस्’भनी नेकपाका नेताहरूसँग सर्त राखेका थिए। नेकपाभित्रको विवाद तथा प्रचण्ड–नेपाल पक्षले गरेको नयाँ समीकरणको प्रस्तावको बारेमा नेपाली काँग्रेस र जसपाले उस्तै उस्तै धारणा बनाएका छन्।

 सर्वोच्चको फैसला पछि प्रचण्ड–नेपाल पक्षले दुई प्रतिपक्षी दल नेपाली काँग्रेस र जसपासँग छुट्टाछुट्टै रूपमा सत्ता समीकरणको प्रस्ताव गरेका छन्। ‘सत्ता समीकरणमा उनीहरू (प्रचण्ड–नेपाल खेमा पक्ष) ले राखेको प्रस्तावको बारेमा नेपाली काँग्रेस र हाम्रो धारणा करिब करिब मिलेको छ’झाले भने,‘पहिले तपाईँहरू (प्रचण्ड–नेपाल पक्षका नेताहरू)ले आफ्नो कित्ता प्रस्ट पार्नुहोस्।

तपाईँहरू सत्ता पक्षीय हो कि प्रतिपक्षीय हो प्रस्ट पार्नु होस अनि कुरा गरौला भनी हाम्रो हाम्रो भनाइ रह्यो।’ संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलालाई  जसपाका नेताहरूले स्वागत गरेका छन्। फैसला लगत्तै जसपाका नेताहरूले आन्तरिक छलफल गरेका थिए। नयाँ बन्ने सरकारमा सहभागी हुन सक्ने लाइन जसपाले बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ