arrow

कमलपोखरीको ढलान नागरिक अगुवाले भत्काए, प्रहरीसँग धकेलाधकेल (भिडियो सहित)

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
kamalpokhari-birodh.jpg

काठमाडौँ । कमलपोखरीको बीचमा ढलानको कमल बनाउन लागिएको भन्दै बृहत् नागरिक आन्दोलनका अगुवासहित अभियनताहरुले विरोध गरेका छन् । शुक्रवार (आज) उनीहरूले कमलपोखरीको बीचमा ढलान गरी बनाइएको संरचना नै भत्काइदिएका छन् । सो क्रममा प्रहरी र नागरिक नागरिक आन्दोलनका अगुवा तथा कमलपोखरी बचाउ अभियानमा लागेका अभियन्ताहरू बिच धकेलाधकेलसमेत भएको छ ।

ढलान गरिएका कङ्क्रिटका संरचना भत्काउन रोकेपछि नागरिक अगुवा र पोखरी बचाउ अभियानका अभियन्ता तथा प्रहरी बिच पोखरी बीचमा नै धकेलाधकेल भएको हो ।

नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले कमलपोखरीको मौलिक अस्तित्व नै मासेर कङ्क्रिटको कमल बनाउन लागिएको भन्दै कुनै हालतमा कङ्क्रिटको संरचना बन्न नदिने बताए । उनले स्थानीय नेतृत्वले सांस्कृतिक सम्पदामाथि भद्दा मजाक गरिरहेकाले त्यो महानगर नेतृत्वका लागि महँगो साबित हुने चेतावनी समेत दिए ।

यसै गरी अभियन्ता गणपतिलाल श्रेष्ठले रानीपोरीबाट समेत पाठ नसिकेर महानगर नेतृत्वले कमलपोखरीको मौलिक अस्तित्वलाई नै सङ्कटमा पार्न खोजेको र कङ्क्रिटको पोखरीमा रूपान्तरण गरेर कमल पोखरीलाई व्यापारिक प्रयोजनमा लैजान खोजेको बताए ।

अर्का अभियन्ता सुसन वैद्यले महानगर नेतृत्वले हिलोमा फुल्ने कमलको फुललाई ढलानमा फुलाउन खोजेको भन्दै कमलपोखरीको दोहन हुनबाट बचाएरै छाड्ने बताए ।

कमलपोखरी निर्माणका लागि काठमाडौँ महानगरपालिकाले पोखरीको भित्री बिच भागमा ढलान गरेको थियो । पोखरीमा कमल फुल्ने ठाउँमा सिमेन्टको संरचना बनाएर नक्कली कमल फुलाउन लागेको भन्दै विरोध प्रदर्शन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ