arrow

कांग्रेस नेता जोशीको अवस्था स्थिर, मस्तिष्कमा जमेको केही रगत निकालियो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
nabindra-raj-joshi-mp-congress.jpg

काठमाडौं। पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कमा जमेको केही रगत निकालिएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ । 

गए राति १२ बजे स्वास्थ्यमा समस्या देखिएपछि नेता जोशीलाई उनको पत्नीको आग्रहमा वीर अस्पताल लगिएको थियो । त्यहाँ 'सिटिस्क्यान' गरेपछि डा. भूपेन्द्र बस्नेतको टोलीले जोशीको अवस्थाबारे विश्लेषण गरेको थियो । 

त्यसपछि उनलाई वीर अस्पतालबाट थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । सो अस्पतालमा पुर्‍याएपछि राती नै उनको वरिष्ठ न्युरो सर्जन डा. राजीव झाको टोलीले सामान्य शल्यक्रिया गरेको थियो । सो शल्यक्रियाबाट मस्तिष्कमा पाइप राखेर जमेको केही रगत निकालिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

त्यहाँ अहिले उनलाई भेन्टिलेटरमा राखिएको छ । उनलाई मस्तिष्क घात भएको भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ