arrow

मन्त्रिपरिषद् बैठक : संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
cabinet3.jpg

काठमाडौँ । संसद पुनर्स्थापना पछिको विकसित राजनीतिक अवस्थाकै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।  प्रधानमन्त्री ओलीले शुक्रवार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने स्रोतले बताएको छ । सर्वोच्च अदालतले गत ११ फागुनमा संसद पुनर्स्थापनाको निर्णय गर्दा नै २४ गते भित्र संसद बोलाउन आदेश दिएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषद्ले संसद आह्वानका लागि सिफारिस गर्न लागेको हो ।

गत ५ पुसमा सरकारले मन्त्रीपरिषद् बैठकबाट नै संसद विघटन गर्ने निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सोही दिनमा नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सरकारको निर्णयलाई सदर गरिदिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ