arrow

भारत र चिनियाँ विदेशमन्त्रीबीच प्रत्यक्ष सञ्चार हुने

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
india-china-foreign-ministe.jpg

काठमाडौं  । भारत र चीनबीचको विवाद कम हुँदै गएका बेला दुवै देशका विदेशमन्त्रीबीच प्रत्यक्ष सञ्चार (हटलाइन) हुने भएको छ । बिहीबार दुवै देशका विदेशमन्त्रीबीच भएको लामो फोन वार्ता पछि यो निर्णय भएको भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

विद्यमान (विवादको)अवस्था दुवै देशको हितमा नभएको भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्री वांग ईलाई उदृत गर्दै विज्ञप्तिमा उल्लेख छ ।

आइतबारदेखि दुवै पक्षले विवादित भूमिबाट सेना फिर्ता गर्न थालेका थियो । अब, दुवै पक्षको सहमतिका आधारमा शान्ति र स्थिरता कायम गर्दै सेना पुनर्स्थापना गरिने बताइएको छ । लद्दाखको पाङगोङ तसो ताल क्षेत्रबाट चीन र भारतले सेना फिर्ता बोलाइ सकेको छ ।

गत अप्रिलदेखि उच्च तनावग्रस्त रहिआएको यो क्षेत्रमा चिनियाँ सेनासँगको झडपमा गत जुनमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए । दुवै पक्षले सेना फिर्ता बोलाउँदै अब नयाँ योजनाअनुरूप अघि बढ्ने सहमति गरेपछि अहिले स्थिति सामान्य बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ