arrow

माछापुच्छ्रे बैङ्कले बनायो पोखरालाई क्युआर मय

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
mbl-qrcode-pokhara.jpg

काठमाडौँ। देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखरा कै सिद्धार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रवार देखि एकैसाथ क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

डिजिटल बैङ्किङमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैङ्कले पोखराका ३ स्थानमा एकै पटक भव्य क्युआर कोड उद्घाटनको आयोजना गरेको हो। पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रवार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैङ्कका कामु निर्देशक पुष्कर सुर्खाली तथा माछापुच्छ्रे बैङ्कका सञ्चालक रोशन केसीले संयुक्त रूपमा उक्त समारोहको उद्घाटनको गरेका थिए। उक्त कार्यक्रममा माछापुच्छ्रे बैङ्कका सञ्चालक विश्वप्रकाश गौतम तथा सृजना कर्कीको पनि उपस्थिति रहेको थियो।

यो सेवा सञ्चालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैङ्किङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्। त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोडको प्रयोग गरी ट्याक्सी भाडा तिर्न सकिने बैङ्कले जनाएको छ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका कामु निर्देशक पुष्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानी मार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे।

ग्राहकले क्युआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन्। नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ। पोखरामा सुरु गरिएको क्युआर कोड सेवाको साथै माछापुच्छ्रे बैङ्कको क्युआर कोड उपलब्ध भएका व्यावसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब नै हजार पुगेको छ। उक्त कार्यक्रममा माछापुच्छ्रे बैङ्कका सञ्चालक, नेपाल राष्ट्र बैङ्कका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरू, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्कले हालै मात्र नेपाली कर्मशियल बैङ्किङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तै मोबाइल बैङ्किङ सेवा, इन्टरनेट बैङ्किङ सेवा, अनलाइन मार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ