arrow

फागुन २३ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
Mantri-parisid.jpg

काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। सर्वोच्च अदालतले गत ११ फागुनमा संसद पुनःस्थापनाको निर्णय गर्दा नै २४ गते भित्र संसद बोलाउन आदेश दिएको थियो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते संसद् बैठक बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

गत ५ पुसमा सरकारले मन्त्रीपरिषद् बैठकबाट नै संसद विघटन गर्ने निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सोही दिनमा नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सरकारको निर्णयलाई सदर गरिदिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ