arrow

कीर्तिपुरमा एक कारले ८ वटा मोटरसाइकल र एक भ्यानलाई ठक्कर दियो, तीन घाइते

कार चालक कलङ्कीबाट पक्राउ 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
Accident-kirtipur.jpg

काठमाडौं। काठमाडौंको कीर्तिपुरमा एउटा कारले दुई वटा स्कुटर, छ वटा मोटरसाइकल र एक भ्यानलाई ठक्कर दिएको छ ।शुक्रवार (आज) राती करिब ८:३० बजे कीर्तिपुरको नयाँ बजारमा सो सडक दुर्घटना भएको हो । 

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुपेश तण्डुकारका अनुसार एकतर्फी (वन वे) सडकबाट आएको कारले सो सडकमा चल्दै गरेका दुई पाङ्ग्रे आठ वटा सवारी साधन र एक भ्यानलाई ठक्कर दिएको हो । 

सो सडक दुर्घटनामा परी तीन जना घाइते भएको डीएसपी तण्डुकारले जानकारी दिए । घाइतेको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनामा कारले ठक्कर दिएपछि भ्यान पल्टिएको छ भने दुई स्कुटरसमेत सडक किनारमा पल्टिएका छन् । 

प्रहरीले कार चालकलाई कलङ्कीबाट पक्राउ गरेको छ । दुर्घटनापछि चालक भागेका थिए । प्रहरीले चालकले मादक पदार्थ सेवन (मापसे) गरी कार चलाएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ