arrow

सशस्त्र प्रहरीद्वारा पाँच लाख भन्दा बढीको मालसामान बरामद 

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
apf1.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लाको विभिन्न स्थानबाट करिब  ५ लाख ७७ हजार ७ सय  १० रुपैयाँ मूल्य बराबर अवैध मालसामान नियन्त्रण गरेको हो ।

सशस्त्र प्रहरी बल  नेपाल  नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिम मातहत वि.ओ.पि.हरपुर , वि.ओ.पि.भुजहवा, वि.ओ.पि.गुठिप्रसौनी र अस्थायी सुरक्षा बेश रगरगंजबाट जिल्ला नवलपरासी पश्चिम रामग्राम नगरपालिका वडा न.७ उजैनी , पाल्हिनन्दन गाउँपालिका वडा न.२ मुडेरा, ६ पडरी , सरावल गाउँपालिका वडा न. ७ गणेशपुर र भटौलिया, प्रतापपुर गाउँपालिका वडा न .५ मटरा ईलाकाहरुमा खटिई गएको मोबाइल तथा पैदल गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको ४ लाख ४२ हजार ७ सय १० रुपैयाँ मूल्य  बराबरको किराना सामान, लत्ताकपडा, मोबाइल तथा मोबाइल पार्टसहरु, कस्मेटिक प्रोडक्ट्स, अटोमोवाईल पार्टसहरु नियन्त्रण गरी आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसै गरी  सुस्ता गाउँपालिका वडा न. ५ बनकट्टि स्थित भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अन्दाजी  १ लाख ३५  हजार मूल्य  बराबरको १ सय ६५ गोटा ( ५ सय के.जी ) ब्रोइलर कुखुरा नियन्त्रण गरी स्थानीय प्रतिनिधि एवं स्थानीय बासिन्दाहरूको रोहबरमा  खाडल खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल  नेपाल  नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ