arrow

चीनले आन्तरिक मामिलामा हस्तक्षेप गर्‍यो : ताइवान

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
taiwan-tsai-ing-wen-president.jpg

ताइपेइ। चीनले आन्तरिक मामिलामा हस्तक्षेप र दमन गरेको भन्दै ताइवानले आलोचना गरेको छ। चीनको दबाबमा दक्षिण अमेरिकी मुलुक गुयनामा ताइवानको प्रतिनिधि कार्यालय स्थापना गर्ने सहमति गुयनाले खारेज गरेको भन्दै ताइवानले चीनको निन्दा गरेको हो।

गुयनामा ताइवानको कार्यालय स्थापना गर्ने सहमतिबारे गलत बुझाइ भएको भन्दै गुयनाको विदेश मन्त्रालयले सहमति खारेज गरेपछि तनाव बढेको हो। तर, गुयनामा आफ्नो प्रतिनिधि कार्यालय बनाउने सहमति सञ्चारमाध्यमबाट नै सार्वजनिक गरेको ताइवानको विदेश मन्त्रालयले बताएको छ।

चीनको विदेश मन्त्रालयले तत्काल ताइवानसँगको सहमति खारेज गरी गल्ती सच्याउन गुयनालाई आग्रह गरेको थियो। ताइवान एक चीन नीतिको हिस्सा भएको भन्दै ताइवानको स्वतन्त्र कूटनीतिक नीति मान्य नहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वान बेनवीनले बताएका थिए।

चीनले ताइवान एक चीन नीतिको हिस्सा भएको दाबी गर्दै आएको छ भने स्वतन्त्र सरकार भएको ताइवान आफू स्वतन्त्र मुलुक भएको दाबी गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ