arrow

चीनबारे डब्लुएचओको निष्कर्ष अमेरिकाका लागि अमान्य

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
world-health-organization-who.jpg

वासिङ्टन डिसी। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को चीनमा कोभिड–१९ बारे पछिल्लो निष्कर्षलाई अमेरिकाले अस्वीकार गरेको छ। चीनमा कुनै पनि जनावर प्रजातिमा कोभिड–१९ को सङ्क्रमण नफैलिएको भन्ने डब्लुएचओको निष्कर्ष अमेरिकाले अस्वीकार गरेको हो।

डब्लुएचओको पछिल्लो निष्कर्ष अस्वीकार गर्दै अमेरिकाले चीनमा कोभिड–१९ स्थितिबारे आफ्नै संयन्त्रमा स्वतन्त्र अनुसन्धान गर्ने बताएको छ। चीनमा कोभिड–१९ बारे रिपोर्ट तथा तथ्याङ्कहरूको गहिरो अध्ययन र विश्लेषण गरी निष्कर्षमा पुग्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका छन्। चीनले विश्वलाई कोभिड–१९ बारे कुनै पनि विश्वसनीय र पारदर्शी सूचना उपलब्ध नगराएको प्रवक्ता प्राइसले बताए।

डब्लुएचओका विज्ञ पेटर डेस्जकले भने अमेरिकी टिप्पणीमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरे। चीनमा अनुसन्धानको क्रममा प्रयोगशालाहरूबाट भाइरस चुहावट हुने सम्भावना नभेटेको डब्लुएच्ओले बताएको छ। साथै चीनमा कुनै पनि जनावर प्रजातिमा कोभिड–१९ को सङ्क्रमण प्रमाणित नभएको बताएको छ। 

यसअघि देखि डब्लुएचओले चीनमा निष्पक्ष अनुसन्धान नगरेको भन्दै अमेरिकाले आलोचना गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ