arrow

चीनले आर्थिक नोक्सान पुर्‍याउने गतिविधि गरिरहेको चेकका मेयरको आरोप

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन १५ शनिबार
czech-mayor.jpg

प्राग। युरोपेली मुलुक चेक गणतन्त्रमा चीनले आर्थिक नोक्सान पुर्‍याउन खोजेको राजधानी प्रागका मेयरले आरोप लगाएका छन्। आफूले ताइवान र तिब्बतका लागि ऐक्यबद्धता जनाएका कारण चीनले चेक गणतन्त्रमा आर्थिक नोक्सान पुर्‍याउन लागिपरेको राजधानी प्रागका मेयर सेनेक रिबले टिप्पणी गरेका हुन्।

गत वर्ष ताइवानको भ्रमण गरेको र तिब्बतका नेता लोब्साङ साङगेलाई चेक भ्रमणमा निमन्त्रणा दिएपछि चीन आफू विरुद्ध लागेको मेयर रिबले बताए।

आर्थिक लगानीको सहमति अनुसार चीनले काम नगरेको भन्दै मेयर रिबले चीन अविश्वसनीय व्यापार साझेदार भएको पनि टिप्पणी गरे। गत वर्ष प्रागका मेयरले ठुलो प्रतिनिधिमण्डल सहित ताइवानको भ्रमण गरेपछि चेक गणतन्त्रमा उत्पादित पियानोहरू किन्ने सहमति पनि चीनले खारेज गरेको थियो।

चेक गणतन्त्रले ताइवान र तिब्बतसँग कूटनीतिक सम्बन्ध बिस्तार गरेका कारण चीन क्रुद्ध बनेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ