arrow

कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न सुहाउँदैन : डा.कोइराला

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
Shaker_koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउने बताएका छन।

‘जनताले हामीलाई पाँच बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन’,उनले भने ‘सिंगो पार्टी पङ्ती यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको बिकल्प छैन ।’

डा.कोइरालाले नेकपा अझै बिभाजन भै नसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए। अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिड्न सकिन्न, उनले भने।

नेपाल निजामती कर्मचारी युनियन संघ मोरङ बिराटनगरमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै डा.कोइरालाले सरकारले बिचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीहरुलाई दुःख नदिन सरकारलाई चेतावनी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ