arrow

जाजरकोटमा कांग्रेसमा ओइरो, नेकपाभित्र पहिरो

logo
लोकेन्द्र विश्वकर्मा 
प्रकाशित २०७७ फागुन १५ शनिबार
Congress.jpg

खलंगा ।  जाजरकोटको बारेकोट गाउँपालिकामा नेपाली कांग्रेस प्रवेश गर्नेको ओइरो लागेको छ । फागुन पहिलो सातादेखि सुरु भएको वडास्तरीयका कार्यकर्ता भेटघाट तथा संगठन विस्तार गर्ने क्रममा बारेकोटमा २६७ भन्दामाथि नेकपाका नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् ।

नेकपामा लामो समयदेखि कार्यकर्ता भई कयौंलाई सत्तामा पुर्‍याएका दर्जनौं नेता र कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । अघिल्लो साताको आइतवार बारेकोट–५ को कार्यक्रमबाट नेकपाका युवानेता गोरख थापाले कांग्रेस प्रवेश गरे । थापाले २०५७ सालदेखि नेकपा एमालेबाट विद्यार्थी राजनीति शुरु गरेका थिए । थापाको २० बर्ष पुरानो नेकपाको राजनीतिक यात्रा सकिएको हो । 

तत्कालिन विद्यार्थीबाट राजनीतिक यात्रा सुरु गरी विभिन्न क्याम्पस तहमा अध्यक्ष÷संयोजक समेत भएका थिए । थापा २०६३ साल फागुन १५ गते तत्कालिन नेकपा एमालेबाट संगठित सदस्य भएका थिए । विद्यार्थी राजनीतिमा उदाएका थापा नेकपा एमाले जाजरकोट क्षेत्र नं १ बाट सचिवालय सदस्य समेत रहेर काम गरेका थिए । पछिल्लो समय दुई प्रमुख वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणपछि नेता थापा बारेकोट गाउँपालिका कमिटि सदस्य रहेका थिए ।

२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रतिनिधिसभा  बिघटन भयो । प्रतिनिधिसभा विघटनपछि नेकपाको दुई समुह तय भयो । एउटा प्रचण्ड-नेपाल समूह र अर्को प्रधानमन्त्री ओली समूह । नेता थापा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका जिल्ला कमिटि सदस्य समेत हुन् ।

नेता थापा भन्छन्, ‘नेपाली सर्वहारा श्रमजीवी वर्गका लागि, मजदुर, किसान, जनसमुदायको हितलाई प्रतिनिधित्व गर्ने नारा बेचेर नेकपाले नातावादको राजनीति गरिरहेका छन् । नातादारे राजनीति गर्नेहरुले श्रमजीवी वर्गको हित होइन, वर्गको शोषण गरिरहेका छन् ।’

नेता थापा मात्र होइन युद्धको जगबाट आएका दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । प्रवेशीहरु भन्छन् ‘युद्धको राजनीतिक संर्घषसंगै कयौं समय नेकपाको हरेक संगठनमा आवद्ध भई आफ्नो जीवन व्यथित गर्न पुग्यौं । दर्जनौंलाई सत्ता पुर्‍यायौं । सत्तामा पुगेपछि सर्वहारा श्रमजीवी वर्गका लागि मजदुर  किसान लागि नजर पुर्‍याउन नसकेको प्रवेशीको भनाइ छ ।’

अहिले जाजरकोटका अधिकांश स्थानीय तहमा नेकपालाई थाती राख्नेको संख्यापनि उत्तीकै रहेको छ । नयाँ प्रवेशीहरुलाई नेपाली कांग्रेस जाजरकोटका युवा नेता वेदराज सिंह, कांग्रेस नेता तथा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह, कांग्रेस बारेकोट गाउँपालिका सभापति भीमबहादुर सिंह लगायतको टोलीले पार्टीमा स्वागत गरेका थिए ।

प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका जाजरकोटका नेता तथा बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले भने, ‘नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श, मुल्य मान्यताका आधारमा सर्वहारा श्रमजीवी वर्ग हितका लागि काम गर्दै आएको छ ।’

न्यायपूर्ण गतिशील, स्वतन्त्र र समतामुलक समाजको स्थापनाका लागि कांग्रेस बाहेक अन्य नभएको नेपाली कांग्रेस जाजरकोटका युवा नेता वेदराज सिंहले बताए ।

हजारौं सर्वहारा नेपाली जनताको बलिदानपूर्ण त्याग, तपस्याबाट प्राप्त गरेको व्यवस्थालाई कुल्चिने नेकपाका नेताहरुले जनताको अधिकार कहाँ र कहिले प्राप्तिको लागि सोचिरहेका छन् । अब नेपाली जनताले राष्ट्रियता, लोकतन्त्र, संरक्षण र संवद्र्धन गर्दै जनहितका लागि लागिरहेको कांग्रेस नेता सिंहको भनाइ छ ।

देशको आर्थिक, सामाजिक, भौतिक, विकास गर्नको लागि कांग्रेसका विभिन्न भातृ संगठनमा आवद्ध भई  समृद्ध नेपाल बनाउने सपना पुरा गर्न आग्रह समेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ