arrow

देउवाका पुराना साथीको निधन, झापा काँग्रेस शोकमा

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
nepali-congress-flag.jpg.jpeg


काठमाडौँ ।  नेपाली काँग्रेस झापाका पुराना नेता एवं पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिवार राती काठमाडौँमा निधन भएको छ  । उप्रेतीले  वि.सं. २०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहेका थिए ।  उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक-पटक जेल नेल भोका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रूपमा वि.सं. २०१८ सालमा कैलालीको धनगढीबाट सेवा सुरु गरेर, पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० वर्षको अवधिमा लाखौँ जनाको उपचार गरेका थिए ।

 आर्थिक रूपले सामान्य स्थितिमा रहेका जो कोही नागरिकले उनीबाट निःशुल्क उपचार पाएका थिए । उप्रेतीको निधनमा झापा काँग्रेस शोकमा डुबेको छ ।

डा. शंकरप्रसाद उप्रेती प्रसिद्ध साहित्यकार प्रा.डा. सञ्जीव उप्रेतीका बुवा हुन् । सभापति शेरबहादुर देउवाका पुरानो साथी डा. शंकरप्रसाद उप्रेतीको निधनप्रति  देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । देउवाद्वारा जारी शोक वक्तव्य भनिएको छ - 'उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठा वान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ ।'

उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ