arrow

पूर्वी नवलपरासीमा दोस्रो चरणको खोप अभियान : ४४ हजारलाई वडामै खोप लगाइने

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ फागुन १६ आइतबार
corona-vaccine-covid.jpg

कावासोती । पूर्वी नवलपरासीमा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान फागुन २३ गते बाट सुरु हुने भएको छ ।  

दोस्रो चरणको खोप अन्तरगत ५५ वर्ष माथि ज्येष्ठ नागरिक, सार्वजनिक तथा निजी विद्यालयका शिक्षक, प्राध्यापक , सार्वजनिक तथा निजी सवारी चालक तथा सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेकाहरू करिब ४४ हजार जनालाई खोप लगाइने  जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईँले बताए ।

चापागाईँका अनुसार दोस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लाका सबै ९२ वटा वडामा खोप केन्द्र स्थापना गरेर खोप लगाउने तयारी गरिएको हो ।  यस अघि जिल्लामा पहिलो चरण अन्तर्गत ३ हजार १ सय ७० जनालाई  खोप लगाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ