arrow

नजिकिए पारस र हिमानी !

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन १६ आइतबार
king-gyanendra.jpg

काठमाडौँ ।  झापाको धुलाबारी स्थित पाँच तारे होटेल मेची क्राउन प्लाजामा पूर्व रानी कोमल शाहले आफ्नो जन्मदिन मनाइन् । पूर्व रानी कोमल शाहको जन्मदिनमा पूर्व युवराज पारस शाह पनि सहभागी भए ।

पूर्व राजा ज्ञानेन्द्र शाहको प्रस्तावमा आमा कोमलले ७०औँ जन्मोत्सव मनाउन पूर्व युवराज पारस पुगेका थिए ।  नेपालमै भए पनि पूर्व युवराज पारस पूर्व राजपरिवारका साथमा बस्दैनन् । उनी एक्लै बस्दै आएका छन् । पत्नी पूर्व युवराज्ञी  हिमानीसँग पनि उनको सम्बन्ध सुमधुर नभएका कारण उनी एक्लै बस्दै आएको बताइने गरिन्छ । पारस शाह पछिल्ला दिनमा विभिन्न युवतीसँग नाम जोडिएर विवादमा परेका थिए ।

तर लामो समयपछि आमा कोमलको जन्मदिनमा पारस र हिमानी बिच सार्वजनिक रूपमा भेट भएको छ । उनीहरूबिच केही कुराकानी पनि भएको बताइएको छ ।  श्रीमान् पारससँग लामो समयपछि भेट गरेकी हिमानीले सकारात्मक प्रतिक्रिया दिएकी छन् । दुई जना भेटिएको खबरसँगै पूर्व राजपरिवारका शुभचिन्तकमा खुसी छाएको छ । भने  हिमानीलाई माफी दिन सामाजिक सञ्जालमा आग्रह गरेका छन्  ।

पछिल्ली समय पूर्व राजा र उनको परिवार अनौपचारीक तथा सार्वजनीक कार्यक्रममा रमाइलो गरिरहेको भेटिन्छन् । उनी आम सर्वसाधारणसँग घुलमिल गर्ने प्रयासमा भेटिन्छन् । पूर्व रानीको जन्मोत्सव कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, छोरा पारस शाह, बुहारी हिमानी, राप्रपाका नेता, राजपरिवारका सदस्य तथा भारतीय केही नेताहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ