arrow

म्यानमार सेनाद्वारा नौ प्रदर्शनकारीको हत्या

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
army-manmar.jpg

काठमाडौँ । म्यानमारमा सैन्य शासनविरुद्ध भइरहेको प्रदर्शनमा आइतबार अहिलेसम्मकै धेरैले ज्यान गुमाएका छन् । यांगुन, दावेइ र मन्डलाय सहरमा सेनाले चलाएको गोली लागेर कम्तीमा नौ जनाको ज्यान गएको हो भने, दर्जनौँ घाइते भएका छन् ।

यद्यपि विभिन्न सामाजिक सञ्जालमा आएका रिपोर्टहरूले बिसभन्दा बढीले ज्यान गुमाएको जनाइएको छ ।

सेनाका अधिकारीहरूले अहिले हिंसात्मक कदम चालेका छन् । शनिवार र आइतबार गरी सयौँ नागरिकहरूलाई पक्राउ गरिएको छ  ।  गत फेब्रुअरी १ मा म्यानमारमा सैन्य शासन लागु भएको थियो ।

सत्तारुढ पार्टीकी नेतृ आङ साङ सुकी लगायत दजर्नौं नेताहरू पक्राउ गरिएको छ ।म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो ।

सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौँ नेतालाई गिरफ्तार गरेको छ ।

सेनाको उक्त कदमको संयुक्त राज्य अमेरिका, युरोपेली युनियन र अरू कैयौँ देशले विरोध गरेका छन् ।

आइतबार अघिसम्म कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । भिड नियन्त्रण गर्ने क्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ