arrow

दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा अनुबन्धित भइन स्वस्तिमा

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
sawstima.jpg

काठमाडौं । केही महिनायता नयाँ फिल्मको स्कृष्ट पढिरहेको बताएकी अभिनतेत्री स्वस्तिमा खड्का एक दक्षिण भारतीय फिल्ममा अनुबन्धित भएकी छन् ।

गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाइसकेकी स्वस्तिमा  ‘थिरिमाली’मा अनुबन्धित भएकी हुन् । निर्माण टिमले स्वस्तिमासँग यो फिल्मको नायिकाको लागि बिहीबार राजधानीको एक होटलमा कागजी सम्झौता गरेको हो ।

स्वस्तिमाले सामाजिक सञ्जालको माध्यमबाट साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको तस्बिर सार्वजनिक गर्दै यसले आफूलाई सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् ।

नेपाल र भारतमा छायांकन हुन फिल्मको निर्देशक र निर्मातासहितको टोली लोकेसन र कलाकार छनोटका लागि नेपालमा छ। फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको अभिनय रहने बताइएको छ ।

राजिव सेट्ठीले निर्देशन गर्ने फिल्मको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुनेछ । काठमाडौं र मुस्ताङमा फिल्मको छायांकन गरिनेछ । ‘थिरिमाली’ को छायांकन भने चैत पहिलो साताबाट सुरु हुँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ