arrow

भारतको सहयोगमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःस्थापना शुरु

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
nepal-india-reconstruction1.jpg

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापनाको काम गर्न आइतबार संयुक्त रुपमा भूमि पूजन कार्यक्रमको शुभारम्भ गरेका छन् । 

उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्य, काठमाडौंकी उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई –भवन) का परियोजना निर्देशक श्यामकिशोर सिंह, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव गोपालप्रसाद अर्याल, पुरातत्व विभागका प्रमुख कार्यकारी रामबहादुर कुँवर, हनुमान ढोका संग्रहालयका प्रमुख कार्यकारी सन्दीप खनाल, सेतो मच्छिन्द्रनाथ मन्दिरको उपभोक्ता समितिका सदस्य एवम् स्थानीय सदस्यको सहभागीता थियो । 

भारतीय दूतावासका पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए । 

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिवद्धता जनाएको ५.८ अर्ब आर्थिक सहयोग अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सांस्कृतिक सम्पदामध्ये यो पहिलो परियोजना हो । 

यी सबै २८ सांस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । सन् २०१७ को अगस्टमा यी क्षेत्रहरुको पुनर्निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनःस्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायहरुको पहिचान गरिरहेको छ । 

केन्द्रीय आयोजना इकाई –भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो । सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनःस्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापना हुने बताइएको छ । 

यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्रीहरुको यथासक्य प्रयोग गरिने उल्लेख गरिएको छ । मन्दिरको साजसज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पुर्याइने भएको छ ।  

यसका लागि परम्परागत पोलिक्रोम कलाको संरक्षण तथा सम्बद्र्घन गरिनेछ । नेपाल सरकारले अनुमोदन गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार संरक्षण तथा पुनःस्थापना कार्यमा इन्डियन नेसनल ट्रष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याच) ले प्राविधिक सहयोग प्रदान गर्नेछ ।  

भूकम्पले क्षतिग्रस्त यो मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाई दुवै हिन्दू र बौद्ध धर्मावलम्बीहरुले उही आस्थाका साथ पूजा गर्छन् ।

यी जीवित सांस्कृतिक सम्पदाहरुको परम्परागत गौरव गाथालाई संरक्षण गर्न यी क्षेत्रहरुको संरक्षण एवम् पुनर्निर्माणमा नेपाल सरकारसँग आवद्ध हुन पाएकोमा भारत सरकार अत्यन्तै हर्षित रहेको खुशी भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गरी बाँडेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ