arrow

सैन्य ‘कू’ को अत्याचार

म्यानमारमा १८ प्रदर्शनकारीको मृत्यु, राष्ट्रसंघसँग सहयोग माग्ने राजदूत हटाइए, ५० बढी डाक्टर पक्राउ

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
myanmar-ku2.jpg

काठमाडौं । म्यानमारमा आइतबार लोकतन्त्र बहालीका लागि भएको जनप्रदर्शनमा पुलिसले अन्धाधुन्ध गोली चलाउँदा १८ प्रदर्शनकारीको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । 

गत फेब्रुअरी १ तारिखमा आङ साङ सूचीको नेतृत्वको सरकारलाई अपदस्थ गरी सेनाले सत्ताकब्जा गरेपछि अहिलेसम्म भएका प्रदर्शनमा २१ जनाको ज्यान गइसकेको छ । यसअघि गत २० फेब्रुअरीमा भएको आक्रमणमा ३ जनाको ज्यान गएको थियो । जसमा एक महिला पनि रहेकी थिइन् । 

आइतबार पुलिस र प्रदर्शनकारीबीच थुप्रै राज्यमा झडप भएको छ । प्रदर्शनकारीलाई लखेट्ने क्रममा पुलिसले रबरका गोली, अश्रु ग्याँस फायरिङ गरेको थियो । 

तीन प्रदर्शनकारीको रंगुनमा पुलिसको गोली लागेर मृत्यु भएको थियो । त्यस्तै दाबोई शहरमा २ जनाको ज्यान गएको हो । त्यस्तै माण्डलेमा २ जनाको मृत्यु भएको थियो । 

प्रहरीको गोली प्रहारबाट घाइते भएका प्रदर्शनकारीलाई उनीहरुकै साथीहरुले उठाएर लगेका थिए । चिकित्सकहरुको संगठन ह्वाइटकोट अलायन्स अफ मेडिक्सले सहयोग गरेको थियो । तर पुलिसले ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई पनि गिरफ्तार गरेको छ । 

देशमा भएको यो घटनाले आहाल भएका म्यानमारका राजदूत क्याँ मो तुनले संयुक्त राष्ट्र संघमा रोएर देशलाई बचाउन अपिल गरेका छन् । उनले म्यानमारको सैन्य शासन विरुद्ध कडा कारबाही गर्न माग गरेका थिए । 

त्यस लगत्तै म्यानमारको शैन्य शासनले राजदूत तुनलाई हटाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ