arrow

कोरोना खोपको दोस्रो चरण

मोदीले लगाए कोरोना खोप, सबैलाई लगाउन अपील

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
corona-vaccine-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको खोप लगाएका छन् । सोमबारदेखि भारतमा शुरु भएको कोरोना भ्याक्सिनको दोस्रो चरणको शुरुआत गर्दै प्रधानमन्त्री मोदीले आफूले खोप लगाएका हुन् । 

उनले सोमबार बिहानै दिल्लीको एम्स अस्पतालमा कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका हुन् । 

मोदीले खोप लगाएको जानकारी दिँदै भनेका छन्, ‘कोरोना विरुद्धको वैश्विक लडाइँमा हाम्रा डाक्टर र वैज्ञानिकहरुले असाधारण काम गरेका छन् । म सबै योग्य मानिसहरुसँग अपील गर्छु कि भ्याक्सिन लगाउनुस् ।’

उनले सबै मिलेर देशलायृ कोरोनामुक्त बनाउनु पर्नेमा समेत जोड दिएका छन् । न्यूज एजेन्सी अनुसार प्रधानमन्त्री मोदीले भारतको बायोटेककी कोभ्याक्सिन लगाएका छन् । उनलाई पुडुचेरीकी नर्स पी निवेदाले म्याक्सिन लगाएकी हुन् । 

सर्वसाधारणका लागि सोमबार बिहान ९ बजे कोरोना भ्याक्सिनको दोस्रो चरणको रजिष्ट्रेशन शुरु हुनेछ । ६० वर्षभन्दा माथिकाले कोरोनाको खोप लगाउन पाउने छन् । त्यस्तै ४५ वर्षदेखि ६० वर्षका गम्भीर रोगले बिमारहरुले समेत खोप लगाउन पाउने छन् । 

मोदीले कोरोना भ्याक्सिनका विषयमा पहिलो चरण शुरु भएपछि विपक्षीले प्रश्न उठाउना साथ आफैले खोप लगाएर शुरुआत गर्न चाहेका थिए । 

विपक्षीले कोभ्याक्सिनको तेस्रो चरणको ट्रायल बिना नै इमरजेन्सी स्वीकृति प्रदान गरिएको भन्दै आपत्ति जनाएका थिए । भरोसा छ भने सरकारसँग जोडिएकाहरुले किन खोप नलगाउने भन्ने उनीहरुको प्रश्न थियो । 

त्यसैले पनि मोदीले दोस्रो चरणको खोपको शुरुआत नै आफूबाट गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ