arrow

पत्रकार टीका कार्कीको निधन, शोकमा ‘एन्जा’

logo
प्रकाश हुमागाई
प्रकाशित २०७७ फागुन १७ सोमबार
tika-karki-patrakar.jpg

सिड्नी । विगत  दुई दशकदेखि अष्ट्रेलियाको नेपाली पत्रकारितामा सक्रिय संचारकर्मी एवं सामाजिक अगुवा टीका कार्कीको असमायिक निधन भएको छ ।  पत्रकार कार्की शनिबार आफ्नै निवासमा मृत  फेला परेका हुन् । 

कार्की हिमालयन रेडियोका सञ्चालक थिए । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समुदायलाई सुसूचित गर्दै आएको थियो । नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उनलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला पारेका थिए । 

एक्लै बस्दै आएका उनलाई सुतेकै अवस्थामा हृदयाघात भएको आशंका गरिएको छ । प्रहरीले कार्कीको शवलाई पोष्टमार्टमका लागि पठाएको छ । हाल उनको शव लिडकम्बस्थित शवगृहमा राखिएको छ ।

यसैबीच, अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसिएसन (एन्जा) को आकस्मिक बैठकले स्व. कार्कीलाई श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणा गरेको छ । 

आफ्ना सदस्यको निधनपछि बोलाइएको बैठकले शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना  गर्नुका साथै स्व. टीका कार्कीको योगदान अष्ट्रेलियाको नेपाली समूदायमा सदैव स्मरणीय रहने एन्जाका महासचिव चिरन्जीवी देवकोटाले बताए । 

एन्जाका अध्यक्ष हेमन्त काफ्लेले कार्कीको निधनले अष्ट्रेलियाका नेपाली सञ्चारकर्मीहरु मर्माहत बनेको बताए । एन्जाका सल्लाहकार एवं वरिष्ठ पत्रकार डाक्टर भरतराज पौडेलले आफ्ना अत्यन्त हितैषी र लामो समयदेखिका सहकर्मी मित्र गुमाउनुपर्दा स्तव्ध भएको बताउँदै अष्ट्रेलियामा कार्कीले गरेको योगदान सधै र सबैका लागि स्मरणीय रहने जनाए । 

एन्जा सहअध्यक्ष ऋषि आचार्यले पत्रकार कार्कीको निधनको खवरले अष्ट्रेलियाको सिंगो नेपाली समुदाय नै स्तव्ध रहेको बताए । स्व. कार्कीका श्रीमती र दुई छोरा नेपालमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ