arrow

नजरबन्द गरिएकी सुकी अदालतमा देखिइन् !

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
aung-san-suki1.jpg

काठमाडौँ । म्यानमारको पदच्युत नेतृ आङ साङ सुकी अदालतको सुनुवाइमा भिडियोमार्फत उपस्थिति दिएकी छन् । गत फेब्रुअरी १ मा नजरबन्द गरिएयता उनी पहिलो पटक सार्वजनिक रूपमा भिडियोमार्फत देखिएकी हुन् ।

उनीमाथि थप म्यानमार अदालतले थप दुई अभियोग लगाएको नेतृ सुकीकी वकिलले रोयटर्सलाई बताएकी छन् । यसबाहेक भिडियोमा ७५ वर्षीय सुकी स्वस्थ नै देखिएको उनी वकिलले बताएकी छन् ।

गत नोभेम्बरमा नेतृ सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले भारी मतान्तरले चुनाव जितेको थियो ।

तर, चुनावमा धाँधली भएको भन्दै प्रमुख प्रतिपक्षी दलको आह्वानमा त्यहाँ सैन्य शासन सुरु भएको छ । फेब्रुअरी १ मा सेनालाई सुकीलगायत अन्य नेताहरूलाई पक्राउ गर्दै सैन्य शासनको घोषणा गरेको थियो ।

सोमबार अदालतको सुनुवाइका क्रममा उनीमाथि सार्वजनिक शान्ति विघ्न पारेको र अर्को दूरसञ्चार कानुन अन्तर्गतको अभियोग लगाइएको हो । अदालतले अर्को सुनुवाइ मार्च १५ मा तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ