arrow

नबिल बैङ्कले ल्यायो बचतको बानी बसाल्ने भिडियो

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
nabil-logo.jpg

काठमाडौँ। नेपालीहरूले दशकौँदेखि विश्वास गर्दै आएको नबिल बैङ्कले जहिले पनि समय सुहाउँदो सेवाहरू प्रदान गरेर आफ्ना ग्राहकहरूको मन जित्दै, ग्राहकहरूलाई ढुक्क बनाउँदै आएको छ। सबै किसिमका ग्राहकहरूको आवश्यकता सुहाउँदो डिपोजिट खाताको बारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि नबिल बैङ्कले एउटा भिडियो ल्याएको छ।

यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढङ्गले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैङ्कको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैङ्कमा पैसा बचत गर्ने बानी लाग्यो। नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हुँदै अहिलेको दिनसम्म आई पुग्दा नबिल बैङ्कको विभिन्न खातामा पुगिसकेको छ। एउटा भरपर्दो बैङ्कको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने कुरा यस भिडियो मार्फत देखाइएको छ।

नबिल बैङ्कले बितेका दिनहरूमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथ पाउने अपेक्षा गरिएको छ। नबिल बैङ्कको ३६ वर्षको यात्रामा नबिल बैङ्कले लाखौँको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढङ्गमा चरितार्थ गरेको छ।

नबिल बैङ्कले ११९ वटा शाखाहरू, १८५ वटा एटिएमहरूको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरू सँगै अघि बढ्ने विश्वास राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ