arrow

विश्वभर खोप आपुर्ति गरिरहेको सेरम इन्स्च्यिुटमा चिनियाँ ह्याकरको निशाना

भारत वायोटेकमा पनि साइबर आक्रमण

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
serem.jpg

काठमाडौं । चीन समर्थित  ह्याकरहरुको समूहले भारतका दुई खोप उत्पादक कम्पनीको आईटी पूर्वाधारलाई निशाना बनाएको छ ।

भारतले विश्वभरका थुप्रै मुलुकहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिंदै आएको छ । नेपाललाई समेत अनुदानमा भारतले १० लाख खोप उपलब्ध गराएको थियो ।

यस्तोमा भारत बायोटेक र सेरम इन्स्टिच्युट अफ इन्डियाको आईटी पूर्वाधार र सप्लाइ चैन सफ्टवयरलाई चिनियाँ ह्याकर समुह एपीटी १० ले निशाना बनाएको हो ।

चीनले खोपलाई व्यापार एवं रणनीतिक अस्त्रका रुपमा प्रयोग गरिरहेको आरोप लागिरहेका बेला भारतको खोप उत्पादकलाई निशाना बनाउनु गम्भीर विषयका रुपमा देखिएको छ ।

सिंगापुर र टोकियो आधारित साइबर खुफिया कम्पनी साइफार्मका अनुसार उक्त समूहले विश्वकै ६० प्रतिशत खोप उत्पादक सेरम इन्स्ट्यिुटको आईटी पूर्वाधारलाई निशाना बनाएको हो ।

साइफार्मका प्रमुख कार्यकारी कुमार रितेसका अनुसार कमजोर सर्भरमा विभिन्न प्रणालीहरु चलिरहेका कारण सेरम इन्स्च्यिुटलाई एपीटी१० ह्याकर समूहले निशाना बनाएको हो ।

यसअघि गत अक्टोबरमा मुम्बईमा भएको विद्युत अवरोधमा समेच चिनियाँ ह्याकरको हात रहेको एक अध्ययनले देखाएको छ । 

महाराष्ट्रका उर्जामन्त्री नीतिन राउतले ‘न्यूर्योक टाइम्सले दाबी गरे अनुसार मुम्बई विद्युत अवरोधमा चिनियाँ ह्याकर समूहको हात रहेको कुरा साँचो’ भएको बताएका छन् । यसबारे थप अध्ययनका लागि तीन समिति गठन गरेको र चाँडै बाँकी कुरा बाहिरिने उनले बताएका छन् ।

झण्डै १० देखि १२ घण्टासम्म मुम्बईको मुख्य भागमा भएको विद्युत अवरोधका कारण करोडौंको घाटा लागेको थियो । पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीचको तनाब उग्र रहेको बेला चिनियाँ ह्याकर समूहकै संलग्नतामा विद्युत अवरोध भएको विभिन्न रिपोर्टहरुले जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ