arrow

जन्मदिनको अवसरमा स्वारले गरे तेजु स्मृति अक्षय कोषमा आर्थिक सहयोग

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
manmohan-swar-patrakar.jpg

डोटी । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष मनमोहन स्वारले आफ्नो जन्मदिनको अवसरमा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग गरेका छन्  ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका स्वारले नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेजबहादुर खड्का ‘तेजु’को स्मृतिमा स्थापना गर्न लागेको अक्षय कोषका लागि आर्थिक सहयोग घोषणा गरेका हुन् ।

स्वारले जन्मदिन अवसरमा अक्षय कोष स्थापनाका लागि ११ हजारा ५ सय नेपाल प्रेस युनियन डोटीको बैंक खातामा जम्मा गर्ने घोषणा गरेका हुन् । 

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्व. तेजबहादुर खड्का (तेजु) को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गरेको छ । कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका सचिव पवन महराले बताए । 

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वर्गिय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए । स्व. पत्रकार खड्कालाई अमर राख्ने शाखाको अभियानलाई सहयोग गरेकोमा स्वारलाई अध्यक्ष बमले धन्यवादसहित जन्मदिनको शुभकामना दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ