arrow

९६ वर्षीय गर्बुजाले गरे सडक उद्घाटन

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
96years-old-garbuja.jpg

गलेश्वर । म्याग्दीको दग्नाम, दर्मिजा–चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने मोटरबाटोको उद्घाटन भएको छ । उक्त मोटरबाटोको उद्घाटन कुनै नेता वा मन्त्रीले नभई स्थानीयले गरेका हुन् । 

समाजमा स्थापित सम्मानको परिपाटी बसाल्न पनि पाका उमेरका दुई जना र कलिली बालिकाका हातबाट उद्घाटन गराइएको हो । उक्त सडकको ९६ वर्षीय दलबहादुर गर्बुजा, ९३ वर्षीया उदिमा कमिनी र १० वर्षीया लिस्मा पुनले गरेका हुन् । 

तस्वीरमा ९६ वर्षीय गर्बुजालाई बोकेर ल्याइँदै देख्न सकिन्छ ।

मोटरबाटोमा पहिलो पटक गाडी गुडेपछि दर्मिजावासीले सडकमै पञ्चेबाजा बजाएर खुशियाली मनाएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ