arrow

विद्यार्थीलाई सामुदायिक प्रहरीको साइबर अपराध सचेतना

logo
युबराज रेग्मी,  
प्रकाशित २०७७ फागुन १८ मंगलबार
police-student-cyber-crime.jpg

झापा । ‘हरेक गाउँ सहर र नगरी , टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारा लिएर स्थापना भएको सामुदायिक प्रहरी  साझेदारी कार्यक्रम अन्तर्गत सोमबार झापा जिल्लाको गौरादह नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय गौरादहले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत  विद्यालयका विद्यार्थीहरुमाझ साइबर अपराध सम्बन्धी सचेतना कक्षा सम्पन्न गरेको छ ।

गौरादह नगरपालिका वडा न १ स्थित जनता माध्यमिक विद्यालयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कक्षा १० मा अध्ययनरत  विद्यार्थीहरुलाई ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक रमेशकुमार मेहताले साइबर अपराध सम्बन्धी सचेतनात्मक कक्षा संचालन गरेका थिए ।

कार्यक्रमलाई सहजीकरण गर्दै  प्रनानि मेहताले साइबर क्राइमको बारेमा परिचय, साइबर अपराधका प्रकार, साइबर अपराधबाट बच्ने उपाय, साइबर अपराध सम्बन्धी कानूनी व्यवस्था तथा साइबर अपराध भएमा उजुरी गर्ने तरिका लगायतका बिषयमा सचेतनात्मक कक्षा संचालन गरेका हुन् । 

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारीको स्वागत मन्तव्यसहित संचालन भएको सचेतनामुलक कक्षालाई विभिन्न जानकारीहरु गराउँदै   प्रनानि मेहताले ७० मिनेट जति सहजीकरण गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ