arrow

उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानललाई नेतृत्व

logo
युबराज रेग्मी,  
प्रकाशित २०७७ फागुन १८ मंगलबार
birtamod-nagarpalika-fncci.jpg

झापा । बिर्तामोड नगरपालिकाको उद्योग बाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी भएको छ । कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सोमबार राति सम्पन्न मतगणनाअनुसार लोकतान्त्रिक प्यानलका प्रकाशचन्द्र  शिवाकोटीले प्रतिस्पर्धी संयुक्त प्यानलका सुवास भट्टराईलाई हराएका हुन् ।

शिवाकोटीले २ हजार १३९ मत प्राप्त गरे भने भट्टराईले एक हजार ६१५ मत पाएका छन् । मतपरिणामाअनुसार महासचिव, वाणिज्य सचिव, दुई खुला सदस्य र एक महिला सदस्यबाहेक सबै पदमा शिवाकोटी नेतृत्वको प्यानलले जितेको छ ।

निर्वाचन समितिका सदस्य केशव भट्टराईका अनुसार वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिका राजु न्यौपाने विजयी भए । उनले संयुक्तका नारायण चिमरियालाई हराए । न्यौपानेले २ हजार ११६ मत र चिमरियाले एक हजार ५९२ मत प्राप्त गरे ।

उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका सञ्जीव घिमिरेले एक हजार ९४० र संयुक्तका प्रकाश घिमिरेले एक हजार ७१८ मत प्राप्त गरे । वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) ले २ हजार २७८ र संयुक्तका राधाकृष्ण अधिकारीले एक हजार ३२३ मत पाए । 

महासचिवमा संयुक्तका अर्जुनकुमार मैनालीले लोकतान्त्रिकका रविन्द्र भट्टराईललाई २६ मतले पराजित गरे । मैनालीले एक हजार ८४३ मत प्राप्त गरे ।

उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले सर्वाधिक लोकप्रिय मत पाएका छन् । उनले २ हजार ५५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी धनबहादुर डाँगीले एक हजार ६३ मत पाए । वाणिज्य सचिवमा संयुक्तका कृष्ण पौडेल विजयी भए । उनले लोकतान्त्रिकका राजकुमार शाहलाई हराए । पौडेलको एक हजार ९६६ र शाहको एक हजार ६७४ मत रहेको छ ।

कोषाध्यक्षमा लोकतान्त्रिकका दिपेन्द्र राउतले संयुक्तका दुर्गाप्रसाद थपलियालाई पराजित गरे । राउतले २ हजार १२२ मत पाउँदा थपलियाले एक हजार ५२४ मत प्राप्त गरे । सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडाल विजयी भइन् । उनले संयुक्तकी रञ्जु प्याकुरेललाई हराइन् । चुडालले एक हजार ९७० मत र प्याकुरेलले एक हजार ६२४ मत पाए ।

महिला सदस्यमा तुलसा ढकाल (२१९५) र रुचि शिवाकोटी (२०७६) विजयी भए । ढकाल लोकतान्त्रिक र शिवाकोटी संयुक्त प्यानलका हुन् । खुला सदस्यमा विशाल थापा २०९९, गुञ्जन प्रसाईं २००८, पुकार बराल २०००, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, गौरीशंकर गुप्ता (टिंकु) १७९० र बलराम सिटौला (राम) १८६१ विजयी भए । प्रसाईं र गुप्ता संयुक्त र खड्का स्वतन्त्र उम्मेदवार थिए ।

जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराई निर्विरोध निर्वाचित भइसकेकी छन् । उनकी प्रतिस्पर्धी उम्मेदवार उर्मिला बिमली खरेलको उम्मेदवारीमा रीत नपुगेपछि निर्वाचन समितिले खारेज गरेको थियो । त्यस्तै, महिला सदस्य तिलोत्तमा खत्री तथा खुला सदस्य विकास बस्नेत र उमेश शाहको उम्मेदवारी खारेज गरिएको  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ