arrow

सुरक्षा थ्रेट छ भन्ने प्रधानमन्त्री ओली देश दौडाहामा, जाँदै मोरङ र झापा

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
oli-udghatan.jpg

काठमाडौं । आफूलाई सुरक्षा थ्रेट छ भन्दै कुनै समय नेकपाको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा गर्न प्रस्ताव गर्दा ‘सुरक्षा थ्रेट छ बालुवाटारमै बसौं’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा लागेका छन् । 

सोमबारमात्रै पोखरा पुगेर फेरि सुरक्षा थ्रेटको कुरा निकालेका ओली मंगलबार मोरङ र झापा जाँदैछन् । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि ओली आफ्नो पक्षमा जनमत बटुल्ने नाममा देश दौडाहामा लागिरहेका छन् । 

उनी पछिल्लो समय विभिन्न आयोजनाको शिलान्यास र उद्घाटनमै रमाउन थालेका छन् । गत आइतबार झापा पुगेका ओली फेरि पनि मंगलबार झापा नै जान लागेका हुन् । 

ओलीले १२ः३० बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रममा सहभमागी हुने जनाइएको छ । 

त्यसलगत्तै उहाँ बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम सकेर प्रधानमन्त्री ओली दिउँसो ३ बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम रहेको छ ।

ओली मंगलबार साँझ काठमाडौँ फर्कने जनाइएको छ । 

आगामी फागुन २३ गते संसद बैठक बस्नुअघि ओलीले धेरै भन्दा धेरै कार्यक्रममा सहभागीता जनाउने बुझिएको छ । 

यो समाचार पनि पढौं–

‘जनताको सहानुभूति लिन प्रधानमन्त्री आफैंले केही दिनमा छेउँछाउँमा बम पड्काउन सक्नुहुन्छ’

प्रधानमन्त्रीलाई साँच्चै छ सुरक्षा थ्रेट ? सुरक्षा निकाय भन्छन् - छैन

देशलाई तीव्र गतिमा विकास गरेकाले ममाथि शारीरिक हमलाको खतरा छ: प्रधानमन्त्री ओली



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ