arrow

सल्यानटारमा एक जिउँदो महिलालाई खाडलमा पुरेर हत्या, स्थानीय र प्रहरीविच झडप

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
salyantar.jpg

पोखरा । धादिङमा एक जिउँदै महिलालाई खाल्डो खनेर पुर्ने प्रयास भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ सल्यानटारको बगैंचा घुम्तीमा उक्त घटना भएको हो ।

स्रोतका अनुसार सडक फराकिलो बनाएर कालोपत्रे गर्ने क्रममा डोजरले ठक्कर दिंदा ४५ वर्षीया सरस्वती कुमाल घाइते भएकी थिइन् । कुमाल घाँस काटेर घर फर्किंदै गर्दा डोजरले ठक्कर दिएको थियो ।

घाइते कुमालाई डोजर चालकले खाडल खनेर पुर्ने प्रयास गरेको बताइएको छ । उनको केही समयमै मृत्यु भएको हो । घटनापछि डोजर चालक फरार रहेको र स्थानीयले डोजरमा आगो लगाइदिएका छन् । स्थानीय व्यवसायी रेशम सिंखडाका अनुसार घटना भएको करिब १८ घण्टा पुग्दा पनि शव उठेको छैन् ।

महिलाको हत्या गरिएको भन्दै स्थानीय नाराबाजीमा उत्रिएपछि प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ