arrow

बसले मोटरसाइकलसहित पैदल र साइकल यात्रीलाई दियो ठक्कर, एकको मृत्यु, दुई घाइते

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
accident-1.jpg

नेपालगन्ज । बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको  कोहलपुरमा एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ३ किरण नाला नजिकै भे १ ख २२३९ नम्बरको बसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मङ्गलवार बिहान ठक्कर दिँदा  मोटरसाइकलमा सवार कोहलपुर ३ का २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

 पूर्वबाट पश्चिम जाँदै गरेको बसले  पश्चिमबाट पूर्व जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । तीव्र गतिमा रहेको बसले पैदल र साइकल यात्रीलाई समेत ठक्कर दिएको थियो । बसको ठक्करबाट साइकल यात्री बैजनाथ २ का २१ वर्षीय प्रदिप आचार्य र कोहलपुर ३ का पैदल यात्री १९ वर्षीय प्रकाश महतरा घाइते भएको प्रहरीले जनाएको छ ।

बस र चालकलाई नियन्त्रणमा लिइएको छ । दुर्घटनापछि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ