arrow

विप्लवसँग वार्ता गर्न सरकारले बनायो समिति

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
netra-bikram-chand-biplap.jpeg

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा वार्ता टोली बनाएको छ ।

सरकारले विप्लवसमूहसँग वार्ता गर्न मंगलबार गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसमेत रहने गरी दुई सदस्सीय वार्ता समिति बनाएको हो ।

सरकारका प्रवक्तासमेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले विप्लव नेतृत्वको समूहसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको जानकारी दिए ।

मन्त्री गुरुङ्गले सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध समेत हटाउने तयारीमा रहेको बताए । सरकारले सो समूहमाथि २८ फागुन २०७५ मा प्रतिवन्ध लगाएको थियो ।

पछिल्लो समय सरकार र विप्लव नेतृत्वको समूहबीच अनौपचारिक छलफल हुँदै आइरहेको थियो । विप्लवले समेत आफूहरु वार्तामार्फत समस्या समाधान गर्न तयार रहेको भन्दै केही दिनअघि विज्ञप्ति जारी गरेका थिए । सरकारले वार्ताका लागि समिति बनाएसँगै विप्लव समूहले समेत वार्ता समिति बनाउने तयारी गरेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ