arrow

विप्लव समूहले पनि बनायो वार्ता समिति, प्रकाण्ड संयोजक

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
Biplav-prakanda-biplap.jpg

काठमाडौँ । सरकारले वार्ताका लागि समिति बनाए लगत्तै नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको टोलीले समेत वार्ता गर्न समिति बनाएको छ ।

मङ्गलवार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्सीय वार्ता समिति बनाएको जनाएका हुन् । प्रकाण्डसँगै वार्ता समितिमा उदय चलाउने ‘दीपक’ सदस्य तोकिएका छन् ।

सरकारले पनि मङ्गलवार नै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी दुई सदस्सीय वार्ता समिति गठन गरेको थियो । विप्लव नेतृत्वको पार्टीले पार्टीको आफ्ना धारणासहित आधिकारिक रूपमा वार्ता टोली केही बेरमा घोषणा गर्दै छ ।
 
विप्लव समूहले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा गर्नु पर्ने, प्रतिबन्ध फुकुवा गर्नु पर्ने, आफूहरूमाथि लगाइएको मुद्दा खारेज गरिनु पर्ने लगायतका माग राख्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ