arrow

वीर गोर्खालीहरुको कथा समेट्नेगरी  ‘गोर्खा वारियर २’ निर्माणको घोषणा

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
gurkhaa.jpg

काठमाडौं । वीर गोर्खालीहरुको कथा समेट्ने गरी निर्देशक मिलन चाम्सले  ‘गोर्खा वारियर २’ निर्माणको घोषणा गरेका छन् । 

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी करिब तीन करोडको लगानीमा फिल्म निर्माण गर्ने बताएका हुन् । 

चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायतको अभिनय रहनेछ ।

चलचित्रको कथा निर्देशक चाम्सले नै तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई गिरीराज घिमिरेले साथ दिएका छन् । सुदिप बरालले खिच्ने चलचित्रलाई सम्पादन गर्ने जिम्मेवारी अर्जुन जिसीले लिएका छन् ।

हिमाल केसीको द्वन्द्व, एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहने चलचित्रलाई २०२२ मा रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।

यो चलचित्रबाट रितेश चाम्सले नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । यस चलचित्रका लागि आफूले अभिनय र एक्सनमा निकै मिहिनेत गरेको उनले बताए । ‘गोर्खा वारियर’ को चार सिरिज बन्ने र पहिलो पार्टको छायांकन अर्को वर्षबाट सुरु हुने निर्देशक चाम्सले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ