arrow

अस्ट्रेलियामा पढ्ने चिनियाँ विद्यार्थीलाई चीनको चेतावनी

logo
एजेन्सी,
प्रकाशित २०७७ फागुन १८ मंगलबार
australia-china.jpg

बेइजिङ। चीनको शिक्षा मन्त्रालयले हालसालै अस्ट्रेलियामा अध्ययन गर्ने आफ्ना विद्यार्थीका लागि एक चेतावनी जारी गरेको छ। अस्ट्रेलियाले पछिल्लो समय चीनविरुद्ध आक्रमण र कोरोना महामारीका कारण आलोचना र विरोध गरेको समयमा चीनले अस्ट्रेलियामा अध्ययन गर्ने विद्यार्थीका लागि नयाँ चेतावनी जारी गरेको हो।

चिनियाँ विद्यार्थीहरूको सुरक्षाका लागि तुरुन्त र आवश्यक पहल गर्नुपर्ने विज्ञहरूको धारणा अनुसार चीनको शिक्षा मन्त्रालयले नयाँ चेतावनी जारी गरेको हो। पछिल्लो समय चीन र अस्ट्रेलियाको सम्बन्ध बिग्रिँदै गएको छ।

शुक्रवार जारी गरिएको घोषणामा, एमओईले चिनियाँ विद्यार्थीहरूलाई पूर्ण जोखिम मूल्याङ्कन गर्न र अध्ययन गर्न अस्ट्रेलियामै बस्ने र चीन फर्किने भन्ने निकै सावधानीपूर्वक निर्णय गर्न चेतावनी दिएको हो।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार अस्ट्रेलियामा चिनियाँ विद्यार्थीहरूमाथि क्रूर आक्रमणको शृङ्खलाले उनीहरूको व्यक्तिगत सुरक्षालाई गम्भीर खतरा देखाएको छ। महामारीले अन्तर्राष्ट्रिय यात्रालाई पनि जोखिमपूर्ण बनाएको समयमा अस्ट्रेलियाले चिनियाँ विद्यार्थीहरिलाई दुःख दिएको भन्दै आपत्ति जनाएका हुन्।

जून २०२० मा शिक्षा मन्त्रालयले अस्ट्रेलियाको लागि पहिलो चेतावनी जारी गरेको थियो। चीनले सन् २०२१ मा अस्ट्रेलियामा अध्ययन गर्न जाँदा विशेष ख्याल गर्न चेतावनी दिएको थियो।

कोरोना महामारीको उत्पत्तिका विषयमा अस्ट्रेलियाले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने माग गरेपछि चीन आक्रोशित बनेको थियो। चीनमा रहेका अस्ट्रेलिया पत्रकार र अन्य पेसाकर्मीलाई पक्राउ गर्ने र यातना दिने गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ