arrow

बहुमत सांसदको समर्थनको दावी गर्ने प्रधानमन्त्री ओलीलाई ककस्को थपियो साथ?

दाहाल नेपाल र ओलीको समूहलाई ककस्को साथ?

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
KP-OLI-SIR.jpg

काठमाडौं । सत्तारुढ दल विभाजन भएपछि दुवै पक्षले आफ्नो समूहमा बहुमत सांसद रहेको बताउदै आएका छन् । पुस ५ गते यता दुई पक्षले आफ्ना आफ्ना बैठकहरु राख्दै आएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि नेकपाका सांसदहरु अलमलमा परेका छन् । पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ । यसैकारण सांसद कसको पक्षमा कति बनाउने भन्नेबारेमा दुवै समूहले आफ्नो रणनीति तयार गरेपनि दुवै समूहले बहुमत देखाउन सकेका छैनन् ।  

फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल–नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ । यद्यपि त्यो सूचिमा को को अटाएका होलान त भन्ने प्रश्नले सबैतिर घर गरिरहेको छ ।  

प्रधानमन्त्री ओलीले पनि एक हप्ता अघि अर्थात गएको शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरे । ओली समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ । दाहाल–नेपाल समूहले संसदमा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन्त्री ओली त्यसको सामना गर्ने निष्कर्षमा पुगे । त्यसको अर्थ आफूसँग बहुमत रहेको छ भनेर दाहाल–नेपाललाई तर्साउनु नै हो ।   

‘हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याए भयो, त्यो अविश्वासको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले फेस गर्नेछन्’, उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल समूहलाई चुनौती दिए । ओलीले पनि आफूलाई हटाउन विधि र प्रकृया पुर्याउन चुनौति दिए । यही चुनौतिको क्रममा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराई नियुक्त गरे । यसको कारण सांसदलाई ह्विप जारी गर्नु नै रहेको स्पष्ट देखिएको छ । ओलीले आफू निकटका सांसदहरुलाई भेट्दा आफूले राजीनामा नदिने र परिस्थितिको सामना गर्ने बताएका थिए ।

संसदीय दलको बैठक दलका नेता वा उपनेताले बोलाउने प्रावधान छ । नेकपा संसदीय दलको नेता ओली र उपनेता सुवास नेम्वाङ हुन् । नेम्वाङ पनि ओली समूहकै भएकाले संसदीय दलको बैठक बोलाउनुभन्दा प्रमुख सचेतकमार्फत ह्विप लगाउने योजना यो समूहको छ । ‘ह्विप जारी भएमा दाहाल– नेपालसहित सो समूहका सबै सांसदले पालना गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो । यस्तो बेलामा ओली पक्षमा कति सांसद रहेका छन् त भन्ने प्रश्न उठेको छ । उनको समूहमा अहिले पूर्व माओवादीसहितका ८३ सांसद रहेको बताइन्छ । बहुमत हुनका लागि ओलीलाई ८८ सांसद आवश्यक पर्छ । ८८ सांसद भए ओली वा दाहाल–नेपालका लागि सुविधाजनक बहुमत पुग्छ । दुवै समूहले संसदीय दलमा सुविधाजनक बहुमत भए दुवैले आफ्नो शक्ति प्रदर्शन गर्ने थिए । यसमा दुवै समूह चुकेका छन् ।

संसदीय दलको बैठक बोलाउदा दुवै समूह विश्वस्त हुन नसक्दा बैठक बोलाउने र राख्ने आँट गरिरहेका छैनन । अहिले पनि ओली समूहले पूर्व माओवादी समूह र माधव नेपाल समूहका केही सांसदहरुसँग औपचारिक अनौपचारिक वार्ता गरिरहेका छन् । ओली समूहका नेताहरु महेश बस्नेत, किसान श्रेष्ठले उनीहरुकै तहका र ईश्वर पोखरेलले केही युवा पुस्ताका नेताहरुसँग कुरा गरिरहेको स्रोतको दावी छ । राजेन्द्र गौतम पनि यो विषयमा सांसदहरुसँग कुरा गरिरहेका छन् । उपप्रधानमन्त्री समेत रहेका पोखरेलले माधव नेपाल समूहका नेताहरुसँग कुरा गरिहेको स्रोतको दावी छ । साथै बस्नेत र श्रेष्ठले भने पूर्व माओवादी समूहका सांसदहरुसँग कुराकानी गरिरहेका छन् । अहिले कुराकानी भैरहेका सांसदहरुमा छक्कबहादुर लामा, गणेशबहादुर बम, गोपाल बम, यज्ञराज सुनुवार, गणेश पहाडी, लालबाबु पण्डित, विमला विश्वकर्मा लगायत रहेका छन् । ती मध्ये ओली समूहले बम र लामालाई आफ्नो समूहमा पक्का गरेको स्रोतको दावी छ । त्यस्तै धनबहादुर बूढासँग पनि कुराकानी भैरहेको ओली समूहको दावी छ । 

ओलीले संसदीय दलमा आफ्नो बहुमत पुग्ने अवस्था भएमा संसदीय दलको बैठक बोलाउने छन् । तर दाहाल–नेपाल समूहले ओलीलाई पार्टीबाटै निष्कासन गरिसकेका छन् । ओली समूहले भने पुष्पकमल दाहाललाई पार्टीको कार्यकारी पदबाट हटाएको छ । दुवै समूहले गरेको राजनीतिक निर्णय मात्रै भएकाले पार्टी कानुनी रुपमा विभाजित भइसकेको छैन । कानुनी रुपमा पार्टी विभाजन नभएकाले सरकार गठन र संसदमा  कसरी प्रस्तुत हुने भन्ने विषयलाई लिएर दुवै समूहलाई सकस  छ । दाहाल–नेपाल समूहले यसअघि नै प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई चयन गरिसकेको छ । राजनीतिक निर्णयमात्र भएकाले यसले कानुनी वैद्यता पाउने अवस्था छैन । कानुनी रुपमा प्रधानमन्त्री ओली नै नेकपा संसदीय दलको नेता भएकाले दाहाल–नेपाल समूहलाई तत्काल निर्णय गर्न असजिलो भएको हो । ओली समूहले  प्रमुख सचेतकबाट गुरुङलाई हटाएपछि दाहाल–नेपाल समूहले पनि अर्को रणनीति अख्तियार गर्ने भएको छ । दाहाल–नेपाल समूहले पनि संसदीय दलको बैठक बोलाउने तयारी गरेको भएपनि बैठकमा सांसदको संख्या एकिन नभएकाले अहिले अनौपचारिक छलफलमै सीमित छन् । 

दाहाल–नेपाल समूहले नयाँ सत्ता समीकरणका लागि कांग्रेस, जसपालगायत दलका नेताहरूसँग सहकार्यको प्रस्ताव राखिरहेका बेला ओली समूहले आफू निकटका सांसदसँग छलफल अघि बढाएको छ । सो समूहले आवश्यकता परे खरिद विक्री गरेर भएपनि बहुमत सिद्ध गर्ने रणनीति अख्तियार गरिरहेको स्रोतको दावी छ । 

ओली समूहका सांसद

केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, वसन्तकुमार नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, दलबहादुर राना, विष्णु पौडेल, वृजेसकुमार गुप्ता, शेरबहादुर तामाङ, नन्दलाल रोका क्षेत्री, हृदयेश त्रिपाठी, रवीन्द्रराज शर्मा, नवराज राउत, लालबहादुर थापा, प्रेमबहादुर आले, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, नरबहादुर धामी, भैरवहादुर सिंह । विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, डा शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, बिना श्रेष्ठ, नविना लामा, शान्तिमाया पाख्रिन, कुमारी मेचे, बिनादेवी बुढाथोकी मगर, राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, लेखराज भट्ट, प्रभू शाह, मनकुमारी जिसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, गंगा चौधरी (सत्गौवा), आशाकुमारी विक, जुलीकुमारी महतो रेखाकुमारी झा, सरिताकुमारी गिरी, (सानु शिवाको चाहि मृत्यु भएको छ), तुलसी थापा, मायादेवी न्यौपाने, गौरीशंकर चौधरी रहेका छन् । यद्यपि तुलसी थापा भने वामदेव गौतम जता लाग्यो त्यतै रहने संभावना रहेको छ।

दाहाल–नेपाल समूह

झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, लालबाबु पण्डित, जयकुमार राई, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी नारायणप्रसाद खतिवडा, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, मेटमणि चौधरी, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भीम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु विमलाकुमारी विश्वकर्मा, पार्वतीकुमारी बिसुंखे, डा। पुष्पा कुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कालिला खान, समिना हुसेन, दामोदर भण्डरी । (नेपाल पक्ष)

पुष्पकमल दाहाल प्रचण्ड समूह

पुष्पकमल दाहाल प्रचण्ड समूह राम कार्की, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल, हेमकुमार राई, सुरेशकुमार राई, सुरेशचन्द्र दास, मात्रिका यादव, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, गंगाबहादुर तामाङ, हरिराज अधिकारी, देव गुरुङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, कमला रोका, वर्षमान पुन, कृष्णबहादुर महरा, महेश्वरजंग गहतराज, सन्तकुमार थारु, टेकहादुर बस्नेत, गजेन्द्रबहादुर महत, दुर्गबहादुर रावत, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, बीना मगर, हितराज पाण्डे, पूर्णकुमारी सुवेदी, रेखा शर्मा, धर्मशीला चापागाइँ, सीता पोखरेल, सत्या पहाडी, इन्दु शर्मा, वोधमाया यादव, अन्जना विशुंखे, दुर्गा विक, जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा, सुवेदी, अमृता थापा, रामकुमारी चौधरी, शेखतारा चाँद, नारायणकाजी श्रेष्ठ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ