arrow

जिससको दुई गोलमा म्यानचेस्टर सिटीको जित, राख्यो यस्तो रेकर्ड 

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
manchester-city5.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले उपाधि यात्रा बलियो बनाएको छ । मंगलबार राति भएको खेलमा सहज जित निकालेसँगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा १५ अंकको अग्रता लिएको छ । 

मंगलबार राति घरेलु मैदानमा सिटीले उल्भरह्याम्टन वान्डेरर्सलाई ४–१ गोल अन्तरले पराजित गर्यो । सिटीलाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरे । सिटीका रियाद महरेजले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । उल्भ्सका कोर्नर कोएडीले एक गोल फर्काउँदा लिन्डर डेनडोनकरले आत्मघाती गोल गरेका थिए ।


यो जितसँगै सिटीले सबै खाले प्रतियोगितामा गरी लगातार २१ औं जित निकाल्न सफल भएको छ । यो सिटीको रेकर्ड हो । सिटीले अपराजित रहँदै लगातार जित संख्यालाई २१ बनाएको हो । त्यसैगरी सिटभीले क्लब रेकर्डमा पनि २८ खेलसम्म अपराजित हुने रेकर्डको बराबरी गरेको छ । 

पेप ग्वार्डिओलाको टिमले अब उपाधि नै आफ्नो पोल्टोमा पार्ने लक्षण ल्याएको छ । 

अंक तालिकामा सिटीले २७ खेलमा ६५ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ५० अंक रहेको छ ।

युनाइटेडले बुधबार राति क्रिस्टल प्यालेससँग खेल्दैछ । यो खेलमा युनाइटेड पराजित भए सिटीले स्पष्ट १५ अंकको अग्रतालाई कायमै राख्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ