arrow

रोनाल्डोको रेकर्ड 

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
ronaldo67.jpg

काठमाडौं । पोर्चुगिच फुटबल स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रेकर्ड राखेका छन् । उनले युरोपको शीर्ष पाँच लिगमा लगातार १२ सिजन २० भन्दा बढी गोल गर्ने रेकर्ड राखेका हुन् । त्यसैगरी उनले लिगमा ६ सय लिग खेलसमेत पूरा गरेको रेकर्ड बनाएका छन् । 

इटालियन सिरी ए बाट खेल्दै आएका रोनाल्डोले मंगलबार राति गोल गरेपछि उक्त रेकर्ड राखेका हुन् । डिफेन्डिङ च्याम्पियन युभेन्ट्सबाट खेल्दै आएका उनले मंगलबार राति भएको खेलमा स्पेजिया विरुद्ध गोल गरेका हुन् ।

उक्त खेलमा रोनाल्डोको टिम ३–० गोल अन्तरले विजयी भयो । 

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोसँगै अल्भारो मोराटा र फेडरिको चिइसाले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको युभेन्ट्सले ६२ औं मिनेटमा मोराटाको गोलबाट अग्रता बनाएको थियो । ७१ औं मिनेटमा फेडरिको र ८९ औं मिनेटमा रोनाल्डाले गोल गरेका थिए । 

यो जितपछि युभेन्ट्सले लिगको शीर्ष दुई क्लबसँगको अंक दू कम गर्न सफल भएको छ । तेस्रो स्थानको युभेन्ट्सले २४ खेलमा ४९ अंक जोडेको छ ।

शीर्ष स्थानको इन्टरमिलानको ५६ तथा एसी मिलानको ५२ अंक रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ