arrow

दुई युवा ब्राउनसुगरसहित पक्राउ

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
brown-sugar.jpg

बनियानी । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । 
 

उनका अनुसार खत्रीलाई तीन ग्राम र तामाङलाई एक ग्राम ब्राउनसुगरसहित लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ