arrow

बालुवाटारमा सरकार र विप्लव नेकपाबीच वार्ता शुरु

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
Baluwatar_PM_Residence.jpg.jpeg

काठमाडौं । सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहबीच वार्ता शुरु भएको छ । वार्ता बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो । 

सरकारले मंगलबारमात्रै वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा वार्ता टोली बनाएको थियो । सरकारले विप्लव समूहसँग वार्ता गर्न मंगलबार गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसमेत रहने गरी दुई सदस्सीय वार्ता समिति बनाएको हो ।

त्यस लगत्तै विप्लवले पनि विज्ञप्ति जारी गरी वार्ता समिति बनाएको बताएका थिए । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्सीय वार्ता समिति बनाएको हो । प्रकाण्डसँगै वार्ता समितिमा उदय चलाउने ‘दीपक’ सदस्य रहेका छन् । 

दुवै जना मंगलबार नै काठमाडौं आइसकेका थिए । 

विप्लव समूहले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा गर्नु पर्ने, प्रतिबन्ध फुकुवा गर्नु पर्ने, आफूहरूमाथि लगाइएको मुद्दा खारेज गरिनु पर्ने लगायतका माग राख्दै आइरहेको छ ।

पछिल्लो समय सरकार र विप्लव नेतृत्वको समूहबीच अनौपचारिक छलफल हुँदै आइरहेको थियो । विप्लवले समेत आफूहरु वार्तामार्फत समस्या समाधान गर्न तयार रहेको भन्दै केही दिनअघि विज्ञप्ति जारी गरेका थिए ।

सरकारले वार्ताका लागि समिति बनाएसँगै विप्लव समूहले समेत वार्ता समिति बनाउने तयारी गरेको बुझिएको छ ।

सरकारले अहिलेसम्म विप्लव नेतृत्वको नेकपाको प्रतिवन्ध भने हटाएको छैन । केपी शर्मा ओली नेतृत्वको सरकारले नै विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको थियो । 

थप आउँदै



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ