arrow

आवासवीहिनहरुलाई साना साना भएपनि घर बनाएर दिइनेछ : प्रधानमन्त्री

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
KP-Oli1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आवासवीहिन जनतालाई  साना साना भए पनि घर बनाएर दिने नीति लिएको बताएका छन् ।

मंगलबार झापा जिल्लामा दुई वटा जनता आवास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानले प्रत्याभूत गरेको आवासको मौलिक हक कार्यान्वयन गर्न देशभरी हजारौंको संख्यामा आवास बनाएर हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत उल्लेख गरे ।

झापाको विर्तामोड –७ स्थित हर्चनमा निर्मित ३७ घर संख्याको आवास उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकार जनतालाई फुसको छानोयुक्त ससानो छाप्रोबाट टिनको छानोयुक्त घरमा बसाउन दृढ्ताका साथ लागि परेको बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले विर्तामोडसँग आफू भावनात्मक रुपले जोडिएको बताउँदै प्रधानमन्त्रीले यहींको खोलामा पौडी खेल्न र माछा मार्न सिकेको बताए ।

‘प्रदेश गौरव भिलेज’ नाम दिइएको उक्त आवास योजनालाई कमला देवी श्रेष्ठले एक बिघा तीन कठ्ठा जग्गा दान गरेकी थिइन् । आवासबाट स्थानीय चौधरी, सन्थाल र विपन्न वर्गका जनता लाभान्वित भएका छन् ।

यसैगरी मोरंगको उर्लाबारीमा आयोजित जनता आवासकै अर्को एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय सन्थाल र उराव जातिका भूमिहीनहरुका लागि बन्न लागेको सन्थाल एकिकृत बस्ती विकास परियोजनाको शिलान्यास गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फुसका साना घरमा बस्ने सन्थाल जातिका मानिसलाई १ सय ३२ घर बन्ने बताए ।

आफू सन्थाल समुदायमै हुर्किएको बताउँदै ओलीले ति जनताको अन्य पक्षको विकासका लागि क्रमशः काम गरिने बताए । सन्थालको सोझोपनका कारण अहिले भूमिहीन हुनुपरेको समेत प्रधानमन्त्रीले बताए । कार्यक्रममा उनले सन्थाल जातिको परम्परागत बाजा आफूले किनिदिने समेत घोषणा गरे ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ