arrow

भीरबाट खसेको ढुङ्गा लागेर ११ वर्षीया वालिकाको मृत्यु

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
balika2.jpg

डोटी । डोटीमा भीरबाट खसेको ढुङ्गा टाउकोमा लागि मंगलबार एक वालिकाको मृत्यु भएको छ ।

जिल्लाको सायल गाउँपालिका–१ छपाली, पुजारा गाउँ बस्ने ११ वर्षीया समिक्षा पुजाराको मृत्यु भएको हो ।

विद्यालयको बिदा पश्चात घरबाट खाजा खाएर जङ्गलमा बाख्रा ल्याउन हिडेकी समिक्षाको टाउकोमा ढुङ्गा लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

समिक्षा गाउँकै तेडी महादेव विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेकी उनका बुवा जय पुजाराले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ